५ हजारको लोभ गर्दा शाखा अधिकृत भरत काउचाले जागिर गुमाए

<p>काठमाडौं । ५ हजारको लोभमा पर्दा शाखा अधिकृत भरतकुमार काउचाले जागिर गुमाएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ का वडासचिवका रुपमा कार्यरत काउचा बसालाई अख्तियार दरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो । काउचा विरुद्ध आयोगमा बसाइसराइ सम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उनलाई अख्तियार टोलीले हाटबजारमा सेवाग्राहीसँग ५ हजार [&hellip;]</p>

काठमाडौं । ५ हजारको लोभमा पर्दा शाखा अधिकृत भरतकुमार काउचाले जागिर गुमाएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ का वडासचिवका रुपमा कार्यरत काउचा बसालाई अख्तियार दरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।

काउचा विरुद्ध आयोगमा बसाइसराइ सम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उनलाई अख्तियार टोलीले हाटबजारमा सेवाग्राहीसँग ५ हजार लिदैं गर्दा पक्राउ परेका हुन् ।

आयोगले उनी विरुद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

Share News