काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड स्थापनाको १७औँ वर्षमा प्रवेश गरेको छ । सन् २००२ देखि बैंकिङ्ग सेवा शुरु गरेको बैंकले स्थापनाको १६ वर्ष पुरा गरी सोमबार(पुस ९ गते) बाट १७ वर्षमा पाइला टेकेको छ ।
सो अवधिसम्म बैंकले बैंकिङ्ग उद्योगमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ । बैंकले प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका विभिन्न स्थानका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ संस्था एवं सर्वसाधरणलाई छिटो छरितो र भरपर्दोरुपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ्ग सेवा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
हाल बैंकले नेपालभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटीएम र १,१०० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले १६ वर्षे सफल यात्रामा साथ एंव सहयोग प्रदान गर्ने सम्प्रर्ण ग्राहकहरु, नियमनकारी निकाय, सेयरधनीहरु र सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, आगामी दिनहरुमा थप सहयोग गर्न आग्रह गरेको छ ।