काठमाडौं । युनियन पे इन्टरनेशनल (युपिआई) द्धारा जारी चिप पद्धतिमा आधारित कार्डहरु नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको सञ्जालमा संचालित एटिएम तथा पोस मेसिनहरुमा प्रयोग गर्न सकिने भएको छ ।
नेप्स, १६ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित, पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डड र पिसिआई पिन सेकुरेटी प्रमाणित कम्पनी रहेको छ ।
चिप पद्धतिमा आधारित कारोवारहरु म्याग्नेटिक् पद्धतिमा आधारित कारोवार भन्दा बढि सुरक्षित र भरपर्दो हुन्छन् । नेप्सले चिपमा आधारित युनियन पे कार्ड जारी गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गर्ने योजना अगाडि सारेको छ ।
उक्त कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । यस कम्पनीले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई भिसा कार्ड तथा युनियन पे कार्ड सेवाको लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गरेको छ ।