काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक बजार खुलेको १ घण्टा मै दोहोरो अंकले बृद्धि भएको छ । अहिलेसम्मको अवस्थामा नेप्से परिसूचक १६.४२ अंकले बृद्धि भएको छ । १.४१ प्रतिशतले परिसूचक बढ्दा ११८२.३६ अंकमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिलेसम्म १२८ कम्पनीका १० लाख ४ हजार ३ सय ८१ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा अहिलेसम्म २८ करोड १२ लाख ६५ हजार ४ सय ४९ रुपैयाँको कारोबार भइसकेको छ ।
अहिलेसम्म सबै सूचकमा हरियाली छाएको छ । बैंकिङ समूह १५.०२, होटल समूह १६.६२, विकास बैंक समूह १६.११, जलश्रोत समूह २५.३१, वित्त समूह ३.१५, निर्जीवन बीमा समूह १६८.६९, अन्य समूह ४.६७, लघुवित्त समूह २४.०३ र जीवन बीमा समूह १०१.१७ अंकले बढेको छ ।