क्रिसमस र नयाँ बर्षमा जुत्ता किन्ने हो ? नेपाली जुत्ताघरमा पाइन्छ ५० प्रतिशत छुट

<p>काठमाडौं । नेपाली जुत्ता घरले क्रिसमस र अंग्रेजी नयाँ बर्षका अवसरमा ५० प्रतिशतसम्म छुट अफर ल्याएको छ । बिभिन्न पर्व तथा अवसरहरुमा छुट सुबिधा उपलब्ध गराउँदै आएको जुत्ता घरले क्रिसमस र अंग्रेजी नयाँ बर्षका अवसरमा पनि त्यसलाई निरन्तरता दिएको हो । नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा ६ महिनाको वारेन्टीसहित [&hellip;]</p>

काठमाडौं । नेपाली जुत्ता घरले क्रिसमस र अंग्रेजी नयाँ बर्षका अवसरमा ५० प्रतिशतसम्म छुट अफर ल्याएको छ । बिभिन्न पर्व तथा अवसरहरुमा छुट सुबिधा उपलब्ध गराउँदै आएको जुत्ता घरले क्रिसमस र अंग्रेजी नयाँ बर्षका अवसरमा पनि त्यसलाई निरन्तरता दिएको हो ।
नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा ६ महिनाको वारेन्टीसहित ५० प्रतिशतसम्म छुट सुबिधा दिएपछि बजारीकरणमा ठुलो सहयोग पुग्ने अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

जाडो महिना सुरु भएसँगै नेपालमा जुत्ता चप्पलहरुको माग बढ्ने गर्दछ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘धेरै नेपालीहरुले मनाउने क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा ५० प्रतिशतसम्म छुटको योजना ल्याएका छौं, सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस भन्ने हाम्रो कामना हो’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने ।

नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् ।

पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् ।

बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।

Share News