३ बर्षपछि नागरिक लगानी कोषको दाेस्राे बजारमा कमब्याक, मार्केट बन्ने लक्ष्यसाथ शेयर खरिद सुरु

<p>काठमाडौं । ३ बर्ष भन्दा लामो समयपछि नागरिक लगानी कोषले सेयर बजारमा कमब्याक गरेको छ । कोषले मंगलबारदेखि दोश्रो बजारमा सेयर खरिद गरी दोस्रो बजारमा पुनस् प्रवेश गरेको हो । नागरिक लगानी कोषले २०७२ असोजदेखि दोश्रो बजारमा सेयर खरिद बिक्रि बन्द गरेको थियो । नागरिक लगानी कोषको यो कदमलाई बजार निर्माताको काम गर्ने प्रयासको प्रारम्भिक [&hellip;]</p>

काठमाडौं । ३ बर्ष भन्दा लामो समयपछि नागरिक लगानी कोषले सेयर बजारमा कमब्याक गरेको छ । कोषले मंगलबारदेखि दोश्रो बजारमा सेयर खरिद गरी दोस्रो बजारमा पुनस् प्रवेश गरेको हो । नागरिक लगानी कोषले २०७२ असोजदेखि दोश्रो बजारमा सेयर खरिद बिक्रि बन्द गरेको थियो । नागरिक लगानी कोषको यो कदमलाई बजार निर्माताको काम गर्ने प्रयासको प्रारम्भिक कदमको रुपमा हेरिएको छ ।

स्टक डिलरको काम गर्नको लागि भने कोषले सहायक कम्पनी खोल्ने अन्तिम चरणमा पुगेको र कोषले सेयर खरिद आरम्भ गरेको हो । ‘स्टक डिलर कम्पनीमा ट्रान्सफर हुनेगरी अहिले कोषकै तर्फबाट सेयर खरिद आरम्भ गरेका छौं, यसले पुँजी बजारको दिगो विकासमा सहयोग गर्नेछ’, कोषको उच्च श्रोतले भन्यो ।

Share News