काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामला सम्बन्धि प्रमुख माइ अन्ह थाइसंग भेट–घाट गरेको छ ।
भियतनाममा भएको भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल–दुइ–पक्षीय व्यापारको बिषयमा छलफल गर्दै नेपालको जलविद्युत परियोजनामा लगानी गर्न चासो देखाएको कुरा भियतनामका प्रतिनिधि मण्डलका सदस्य निरज राईले बताएका छन् ।
साथै पर्यटन विकास, पूर्वाधार विकास, बैंकिंग सहकार्य तथा ब्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदान बारे छलफल भएको जानकारी दिएका छन् ।
