पकेटमारकाे भाषा, पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, भागलाई ‘टप्की’

<p>काठमाडौं । काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । “पकेटमारले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, चालकलाई ‘माम’, सहचालकलाई ‘मले’, गाडीबाट झरेर भागलाई ‘टप्की’लगायतका साङ्केतिक शब्दहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेकाे महानगरिय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले बताए । [&hellip;]</p>

काठमाडौं । काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । “पकेटमारले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, चालकलाई ‘माम’, सहचालकलाई ‘मले’, गाडीबाट झरेर भागलाई ‘टप्की’लगायतका साङ्केतिक शब्दहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेकाे महानगरिय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले बताए ।

सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ ।

सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका विभिन्न क्षेत्रमा सादा पोशाकमा खटाएको थियो । सो क्रममा बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेको नगद, मोबाइल र गरगहना चोर्ने ७७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सार्वजनिक बसमा विभिन्न बस स्टपमा दुई/दुई जनाको दरले ६ जनासम्म चढ्ने र पैसा भएको यात्रुको पहिचान गरी पकेटमार गर्ने गरेको अनुसन्धानमा खुलेको बताए ।

चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो ।  पैसा भएको यात्रुलाई घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाएर यात्रुसँग भएको नगद, मोबाइल तथा गरगहना लुटपाट गर्ने गरेको उनको भनाइ छ । परिसरले पकेटमारीसँग हालसम्म रु पाँच लाख ९६ हजार नगद, मोबाइल ३९ थान, आइप्याड चार थान र ल्यापटप पाँच थान बरामद गरेको छ ।

गत मङ्सिर २५ गते कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि काठमाडौँ आएका थिए । उनी काठमाडौँको पानीपोखरीमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल जान गोङ्गबुस्थित नयाँ बसपार्कबाट कान्तिपुर यातायात चढे ।  चक्रपथ पुग्दा सात/आठ जनाको समूहले उनको साथको एउटा झोला लियो । उनलाई सिटमा बस्न आग्रह गरेर थाहा नपाउने तरिकाले ज्याकेटको अगाडि खल्तीको ७५ हजार पाकेट मारे । यस्तो चोरीको क्रम बढेपछि प्रहरी र यातायात व्यवसायी मिलेर चोरी नियन्त्रण अभियानलाई तिव्रता दिइएको बताइएको छ ।

Share News