काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने, पुस १३ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । काबेली विकास बैंकले सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो [&hellip;]</p>

काठमाडौं । काबेली विकास बैंकले सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५ लाख रुपैयाँ रहेको छ । ३५ प्रतिशत(अर्थात ७ करोड ३७ लाख रुपैयाँ) बोनस पछि बैंकको चुक्ता पुँजी २८ करोड रुपैयाँ नाघ्ने छ ।

Share News