काठमाडौं। जातिय सास्कृतिक बिदा कटौती गरेको विरोधमा बुधवार माईतीघर मण्डलामा जम्मा भई जनजातीहरुले विरोध जनाएका छन्। धार्मिक सांस्कृतिक पहिचानमाथि आक्रमण भएको भन्दै उनिहरुले विरोध जनाएका हुँन्।
शेर्पा-तामाङ-गुरुङ जातिको ग्याल्बो, सोनाम र तमु लोसार, मगर र थारुहरुको माघे संक्रान्ती र राई-लिम्बुको उधौली,उभौलको बिदा सरकारले काटेको कारण उक्त विरोध र्याली निकालिएको हो।
आदिवासी जनजाती महासंघले आयोजना गरेको उक्त विरोधमा ५०० जना भन्दा बढी मानिसहरुको उपस्थिती थियो।