काठमाडौं। नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ। निगमले आज राती १२ बजे देखी लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैया घटाएको हो।
नयाँ मूल्य सूचि अनुसार तराईमा पेट्राेल प्रतिलिटर १०८ रूपैयाँ ५० पैसामा किन्न पाइने छ । डिजेल ९५ रूपैयाँ ५० पैसामा किन्न पाइने छ । तर राजधानीसहित पहाडी जिल्लाहरूमा बढी मूल्य पर्ने निगमले जनाएकाे छ ।
