काठमाडौं । जगदम्बा मोटर्स, नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरकले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा अाएको छ । १ लाख अन्ठानब्बे हजार नौं सय मूल्य रहेको टिभिएसको जुपिटर क्लासिक अटम ब्राउनको नेपाल भरि नै खरिद गर्न सकिने भएको छ ।
पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक अटम ब्राउन सडकमा गुडाउँदा चलाउन निकै सजिलो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ ।
‘टिभिएस जुपिटर क्लासिक अटम ब्राउन’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ । उक्त टिभिएस जुपिटर क्लासिक आज नेपाली युवाहरु माझ लोकप्रिय साधनको रुपमा स्थापित भएकाे छ ।