बजार निर्माता प्रवेश गराउन धितोपत्र बोर्डको चासो, नेप्सेलाई सोध्यो– ‘प्रगति के छ ?’

<p>काठमाडौं । धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । बजारमा शेयर डिलरसिपको रुपमा काम गर्ने त्यस्ता संस्थाहरुलाई प्रवेश गराउने तयारीका बारेमा धितोपत्र बोर्डले नेप्सेसँग प्रगति विवरण माग गरेको छ । त्यस्ता बजार निर्माताहरुले आफ्नै नामबाट अंकित मूल्यमा शेयर खरिदबिक्री गर्न र धितोपत्रको अन्डराइटिङ समेत गर्न सक्नेछन् । धितोपत्र बजारमा [&hellip;]</p>

काठमाडौं । धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ ।

बजारमा शेयर डिलरसिपको रुपमा काम गर्ने त्यस्ता संस्थाहरुलाई प्रवेश गराउने तयारीका बारेमा धितोपत्र बोर्डले नेप्सेसँग प्रगति विवरण माग गरेको छ । त्यस्ता बजार निर्माताहरुले आफ्नै नामबाट अंकित मूल्यमा शेयर खरिदबिक्री गर्न र धितोपत्रको अन्डराइटिङ समेत गर्न सक्नेछन् ।

धितोपत्र बजारमा त्यस्ता बजार निर्मातारडिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने विश्वास समेत बोर्डले गरेको छ ।

Share News