
काठमाडाैं । अल्फा बिटाले “अल्फा बिटा ईन्टर कलेज कुइज कम्पिटिसन” आयोजना गर्ने भएको छ । मंसिर २६ र २७ गते हुने उक्त कार्यक्रममा काठमाण्डौं, भक्तपुर तथा ललितपुरका १६ वटा ए लेवल तथा पल्स टु कलेजहरुले सहभागिता जनाउँने भएका छन् ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कलेजले नगद पचास हजार, ट्रफि तथा मेडल प्राप्त गर्ने तथा द्वितिय स्थान हासिल गर्ने कलेजले नगद पच्चिस हजार तथा मेडल प्राप्त गर्ने, अल्फा बिटाका प्रेसिडेन्ट तथा सि.ई.ओ. द्विराजशर्माले जानकारी दिएका छन् । प्रतियोगिताको होस्ट मिडियाकर्मी जि.पी. तिमल्सिनाले गर्दैछन् ।