पर्यटन मन्त्रीको घोषणा: ४ महिनामा लगानी विरोधी ऐन हट्छ

<p>काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ४ महिनाभित्र नेपालको लगानी सम्बन्धी ऐन संसोधन हुने बनाएका छन् । नेपाल दक्षिण कोरियाली लगानी, पर्यटन तथा व्यापार सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै लगानी भित्र्याउन जहाँ–जहाँ ऐन बाधाहरु छन् ती बाधाहरु ४ महिनामा हटार्इ नेपालमा लगानी भित्र्याउने बताए । नेपालमा लगानी मैत्री कानून नभएका कारण विदेशी [&hellip;]</p>

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ४ महिनाभित्र नेपालको लगानी सम्बन्धी ऐन संसोधन हुने बनाएका छन् । नेपाल दक्षिण कोरियाली लगानी, पर्यटन तथा व्यापार सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै लगानी भित्र्याउन जहाँ–जहाँ ऐन बाधाहरु छन् ती बाधाहरु ४ महिनामा हटार्इ नेपालमा लगानी भित्र्याउने बताए ।

नेपालमा लगानी मैत्री कानून नभएका कारण विदेशी लगानी नआएकाले अब नेपालको लगानी विरोधी ऐन ४ महिनामा हट्ने अधिकारीले दाबी गरेका हुन् ।

अधिकारीले पर्यटन विकासको माध्यमबाट नेपालको समृद्धी हासिल गरिने कुरा बताए । नेपाल पर्यटनको लागि विश्वकै उत्कृष्ट मध्यको एक गन्तव्य भएकोले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न कोरियाली सरकारलाई अपिल पनि गरे ।

हालै मात्र नेपाल सरकारले देशका उत्कृष्ट सय पर्यटकीय स्थल घोषणा गरेको बताउँदै आन्तरिक र बाह्य पर्यटन प्रवर्दन बिगतकोभन्दा राम्रो रहेको कुरा उल्लेख गरे ।

नेपालका लागि कोरियाली राजदुत पार्क योंग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भएपनि लगानीको लागि आवश्यक कानूनहरु प्रयाप्त नभएको कुरा बताए । नेपाल-कोरियाबिचको व्यापार अन्य देशको तहमा हुन नसकेको भन्दै उनले यसलाई बढाउनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह गरे । यतिबेला स्थिर सरकार बनेको र सरकार बैदेशिक लगानी भित्र्याउन गम्भीर भएकाले नेपालमा यतिबेला लगानीको लागि उपयुक्त समय आएको उनले बताए ।

Share News