सेयर काराेबारमा विद्युतीय हस्ताक्षर अनिवार्य गरिदै, नेपाल सट्र्रिफाइङ्ग कम्पनीसँग साझेदारी

<p>काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले अनलाइन प्रणालीबाट सेयर काराेबारका लागि प्रयास जारी राखेकाे बेलामा नेपाल धिताेपत्र बाेर्डले  डिजिटल सिग्नेचर प्रयाेगमा ल्याउने तयारी गरेकाे छ । बाेर्डले चालु अार्थिक वर्षमा नै डिजिटल सिग्नेचर प्रयाेगमा ल्याउन प्रयास भइरहेकाे जनाएकाे छ । बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले यसै वर्षदेखि पुँजी बजारलार्इ  डिजिटलाइज गर्ने कार्यक्रम रहेकाे बताए । [&hellip;]</p>

काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले अनलाइन प्रणालीबाट सेयर काराेबारका लागि प्रयास जारी राखेकाे बेलामा नेपाल धिताेपत्र बाेर्डले  डिजिटल सिग्नेचर प्रयाेगमा ल्याउने तयारी गरेकाे छ । बाेर्डले चालु अार्थिक वर्षमा नै डिजिटल सिग्नेचर प्रयाेगमा ल्याउन प्रयास भइरहेकाे जनाएकाे छ ।

बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले यसै वर्षदेखि पुँजी बजारलार्इ  डिजिटलाइज गर्ने कार्यक्रम रहेकाे बताए । बाेर्डकाे कार्यक्रम कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेञ्ज, सिडिएससि, क्रेडिट रेटिङ्ग संस्था तथा मर्चेन्ट बैंकर, ब्राेकर कम्पनी, संस्थागत लगानीकर्ताकाे सहयाेग अावश्यक भएकाे उनले बताए ।

त्यसैगरी विद्युतीय कारोबार ऐन कार्यान्वयनमा आएसँगै  सेयर कारोबारलाई विश्वसनीय, कानून सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षरको प्रयोगको शुरुवात गर्नु आवश्यक रहेकाे उनकाे भनार्इ छ ।

विद्युतीय हस्ताक्षर प्रयाेग कसरी गर्ने भन्ने विषयमा बाेर्डले धिताेपत्र व्यवसायीहरूसँग बुधबार अन्तरक्रिया गरेकाे छ । डिजिटल सिग्नेचर प्रयाेगमा ल्याउन बाेर्डले नेपाल सट्र्रिफाइङ्ग कम्पनी प्रा. लि.सँग साझेदारी गर्ने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल सट्र्रिफाइङ्ग कम्पनीका  निर्देशक दिपक भण्डारीले विद्युतीय हस्ताक्षरको आवश्यकता, यसको महत्व, विशेषता, फाइदा, प्रयोग गर्ने तरिका, धितोपत्र बजारमा ग्राहक परिचय विवरण, खरिद बिक्री आदेश तथा धितोपत्र दलाल व्यवसायीहरुले बोर्डमा पेश गर्नुपर्ने विवरणमा विद्युतीय हस्ताक्षर प्रयोग गर्न सकिने जस्ता विषयवस्तुहरु समेटिएको प्रस्तुतिकरण गरेका छन् ।

कम्पनीका अध्यक्ष विप्लवमान सिंहले नेपाल सरकारले विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउने नीति लिएकोमा नेपाल सरकारका विभिन्न निकायहरुबाट विधुतीय हस्ताक्षर लिने कार्य यसै आ.व. देखि शुरुवात भएको समेत जानकारी गराए ।

Share News