दमकमा गरिमा विकास बैंकको शाखा, यसै वर्ष थप ९ वटा खोल्ने

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले झापाको दमकमा नयाँ शाखा विस्तार गरी शाखा कार्यालय उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेका थिए । उक्त शाखा उद्घाटनसँगै गरिमा विकास बैंकको प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा छन् । हाल यस विकास बैंकको हाल काठमाडौंमा [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले झापाको दमकमा नयाँ शाखा विस्तार गरी शाखा कार्यालय उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेका थिए ।

उक्त शाखा उद्घाटनसँगै गरिमा विकास बैंकको प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा छन् ।

हाल यस विकास बैंकको हाल काठमाडौंमा ८ वटा शाखा सहित कुल ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् । विकास बैंकले छिट्टैनै पर्साको वीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ ।

Share News