अपर तामाकोशी हाइड्रोपावरको सेयर बाँडफाँड, कसले कति पाए ?

<p>काठमाडौं । अपर ताकामोशी हाइड्रोपावर लिमिटेडले तेस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर(आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार कुल अावेदक मध्ये ३ लाख ३४ हजार ७५ जना आवेदकले ४० कित्ता सेयर पाएका छन् । उनीहरुलाई ४० कित्ता दरले १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ [&hellip;]</p>

काठमाडौं । अपर ताकामोशी हाइड्रोपावर लिमिटेडले तेस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर(आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार कुल अावेदक मध्ये ३ लाख ३४ हजार ७५ जना आवेदकले ४० कित्ता सेयर पाएका छन् । उनीहरुलाई ४० कित्ता दरले १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।

बिक्री प्रबन्धकका अनुसार ४० कित्ता सेयर बाँडफाँड पश्चात बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता सेयर चिठ्ठा(गोला) प्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाद्धारा कुल १ लाख ७२ हजार ७७५ जनाले १० कित्ता सेयर पाएका छन् ।

 

त्यस्तै, बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता सेयरका लागि पुनः ३ लाख ३४ हजार ०७५ जना आवेदकहरु मध्येबाट गोलाप्रथा गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले जारी गरेको १ अर्ब ५८ करोड बराबरका १ करोड ५८ लाख कित्ता सेयरका लागि कुल ३ लाख ३९ हजार ७ सय ७५ जना लगानीकर्ताले आवेदन दिएका थिए । कुल आवेदन परको मध्ये ५ हजार ७ सय जनाको आवेदन रद्द बिक्री प्रबन्धकले जनाएका छन् ।

कम्पनीले आईपीओ निष्काशन गरेको २२औँ दिनमा सेयर बाँडफाँड भएको हो ।

 

Share News