काठमाडौं । कन्काई विकास बैंक लिमिटेडको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । बैंकको सर्वसाधारण सेयरधनीतर्फबाट प्रेमप्रसाद सुवेदी, अनिता खत्रि र मनोजकुमार प्रसाई सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।
मंसिर १० गते सम्पन्न बैंकको १२औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालकमा तीन जनालाई निर्वाचित गरेको हो ।