इञ्जिनियर्स एसोसियसनको उप महासचिवको दौडमा अब्बल बन्दै कपिल आचार्य

<p>काठमाडौं । युवा इञ्जिनियर कपिल आचार्य नेपाल इञ्जिनियर्स एसोसियसनका उप महासचिव पदको दौडमा छन् । प्रगतिशिल इञ्जिनियरहरुका तर्फबाट उम्मेदवारी घोषणा गरेका आचार्यले नेपाल इञ्जिनियरिङ कलेजटबा ब्याचलर्स इन सिभिल इञ्जिनियरिङ(बिई सिभिल) र कन्स्ट्रक्सन मेनेजमेन्टमा एमएस्सी अध्ययन गरेका छन् । रुकुमको चौरजहारी नगरपालिकामा जन्मिएका आचार्यले पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्रमा स्नातकोत्तर समेत अध्ययन गरिरहेका छन् । तत्कालिन नेकपा(एमाले)को [&hellip;]</p>

काठमाडौं । युवा इञ्जिनियर कपिल आचार्य नेपाल इञ्जिनियर्स एसोसियसनका उप महासचिव पदको दौडमा छन् । प्रगतिशिल इञ्जिनियरहरुका तर्फबाट उम्मेदवारी घोषणा गरेका आचार्यले नेपाल इञ्जिनियरिङ कलेजटबा ब्याचलर्स इन सिभिल इञ्जिनियरिङ(बिई सिभिल) र कन्स्ट्रक्सन मेनेजमेन्टमा एमएस्सी अध्ययन गरेका छन् ।

रुकुमको चौरजहारी नगरपालिकामा जन्मिएका आचार्यले पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्रमा स्नातकोत्तर समेत अध्ययन गरिरहेका छन् । तत्कालिन नेकपा(एमाले)को भातृ संगठन अनेरास्ववियुको सचिवालय सदस्यको जिम्मेवारी सम्हालिसकेका आचार्यले इञ्जिनियर्स एसोसियसनलाई नयाँ उचाईमा पुर्याउने अठोट लिएका छन् ।

मंसिर २८ गते हुने ३२ औ केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनले आगामी नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि प्रगतिशिल समुहबाट इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डिन प्रा.डा. त्रिरत्न बज्राचार्य मैदानमा छन भने प्रजातान्त्रिक समुहबाट प्रा.डा. धिरेन्द्र मान प्रधान मैदानमा छन् ।

१८ सदस्यीय केन्द्रिय समिति प्रत्यक्ष निर्वाचित हुनेछ भने प्रत्येक प्रदेशबाट थप एक एक जना निर्वाचित हुनेछन् । निर्वाचनमा १७ हजार मतदाताले सहभागीता जनाउनेछन् ।

आचार्यले इञ्जिनियर्स एसोसियसनमा इञ्जिनियरहरुको आकर्षण बढाउने, इञ्जनियर्स स्टाफ कलेज खोल्ने, नयाँ प्रबिधि भित्र्याउने, इञ्जिनियरहरुका लागि लाइसेन्सको परिक्षा गराउने लगायतका एजेण्डासहित प्रगतिशिल समुह निर्वाचनमा होमिएको बताए । आचार्यले हाल ९.८ मेगावाट क्षमताको खिम्ति घ्वाङ खोला जलविद्युत आयोजनामा प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

Share News