स्पर्स लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न, २० शाखाका प्रवन्धकहरुको सहभागी

<p>काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमासिक समिक्षा तथा जोखिम व्यवस्थापन गोष्ठि सम्पन्न गरेको छ । मंसिर ९ र १० गते २ दिनसम्म सञ्चालनमा रहेको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृतले [&hellip;]</p>

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमासिक समिक्षा तथा जोखिम व्यवस्थापन गोष्ठि सम्पन्न गरेको छ । मंसिर ९ र १० गते २ दिनसम्म सञ्चालनमा रहेको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृतले संस्थाको यस आ.ब.को प्रथम त्रैमासको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीति सँगै नेपाल राष्ट्र बैंकले हाल सालै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनका बारेमा सहभागीहरुलाई बताएका थिए ।

कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका कर्जा तथा विजनेश विभाग प्रमुख हरिशरण गिरीले सहभागी २० वटा शाखाको प्रथम त्रैमासिक समिक्षाको लागि सहजिकरण गरेका थिए । यस क्रममा शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति तथा भावि रणनीतिहरुको बारेमा प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको दोस्रो दिन वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक मेघराज गजुरेलले उपस्थित सम्पुर्णलाई व्यवसायमा देखिने जोखिम न्यूनीकरणका उपायका बारेमा सहजीकरण गरेका थिए । साथै, यस अवसरमा वित्तीय संस्थाले सदस्य विस्तार, कर्जा लगानी, बचत तथा समग्र व्यवसाय वृद्धि, शुन्य भाखा नाघेको कर्जा आदि जस्ता विधामा उत्कृष्ट हुने शाखा कार्यालयहरु तथा शाखा प्रवन्धकहरुलाई पुरस्कृत समेत गरेको थियो ।

वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक मेघराज गजुरेल, प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रवन्धकहरुको सहभागीता रहेको थियो ।

Share News