तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै, ४२ लाख साधारण शेयर निष्काशन गर्ने

<p>काठमाडौं । २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन शुरु गर्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा अधिकांश निर्माणकार्य पूरा भएको उक्त आयोजना अबको डेढदुई महीनामै उत्पादन थाल्ने भएको छ । असारमा नै उत्पादन योजना शुरु गर्ने भनिएता पनि स्थानीय अवरोध एवं प्राकृतिक प्रकोप लगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना [&hellip;]</p>

काठमाडौं । २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन शुरु गर्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा अधिकांश निर्माणकार्य पूरा भएको उक्त आयोजना अबको डेढदुई महीनामै उत्पादन थाल्ने भएको छ ।

असारमा नै उत्पादन योजना शुरु गर्ने भनिएता पनि स्थानीय अवरोध एवं प्राकृतिक प्रकोप लगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार अब सामान्य फिटिङ्सको कामबाहेक सबैजसो काम सकिएको हुँदा पुसभित्रै उत्पादन शुरु गर्ने बताएका छन् ।

तीन अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा निर्माण शुरु भएको उक्त आयोजना समयमा पनि अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको स्विकार गरेका छन् । आयोजना प्रमुख पवनकुमार यादवले गएको वर्ष सबैभन्दा धेरै अपेक्षा गरेका त्यहि बेलामा चुनाव भएका कारणले पनि काममा समस्या आएको जनाएका छन् ।

एक/दुई प्रतिशत सामान्य काममात्र बाँकी रहेको बताउँदै सिभिलतर्फको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनले पनि अधिकांस काम पूरा भएको जनाएको छ । निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढ्ने भएको छ । ०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको आयोजनाको निर्माण कार्य एक वर्ष ढिला भएको थियो ।

आयोजनाको वार्षिक र११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इञ्जिनीयरिङलगायत निर्माणको ठेक्का मनाङ ट्रेडलिङ्क र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरिरहेका छन् ।

एक सय रुपैयाँ दरमा ४२ करोड रुपैयाँ बराबर शेयर निष्काशन गर्ने

तल्लो मोदीखोला जलविद्युत आयोजनाको प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । आयोजनाको आइपिओ (प्रारम्भिक शेयर निष्काशन) सम्बन्धी कार्यका लागि मोदी इनर्जी कम्पनी र बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।

कम्पनीका तर्फबाट सञ्चालक कुमुदकुमार दुगड तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौँले प्रतिसाधारण शेयर एक सय रुपैयाँ दरमा ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । रासस

Share News