गरिमा विकास बैंकद्धारा विभिन्न ८ स्थानमा रक्तदान सम्पन्न, ४३० युनिट रगत संकलन

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट बैंकले ४३० युनिट रगत संकलन गरेकाे छ । विकास बैंकले केन्द्रीय कार्यालय काठमाडौंकाे लाजिम्पाट, शाखा कार्यालयहरु महेन्द्रपुलपोखरा, बुटवल रुपन्देही, बेनीम्याग्दी, नारायणगढ चितवन, विराटनगर मोरङ, ईटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट बैंकले ४३० युनिट रगत संकलन गरेकाे छ ।

विकास बैंकले केन्द्रीय कार्यालय काठमाडौंकाे लाजिम्पाट, शाखा कार्यालयहरु महेन्द्रपुलपोखरा, बुटवल रुपन्देही, बेनीम्याग्दी, नारायणगढ चितवन, विराटनगर मोरङ, ईटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

यसै क्रममा बैंकको उद्गमस्थल स्याङजाको वालिङ शाखा कार्यालयमा सरसफाई कार्यक्रम गरेको छ । साथै, विकास बैंकले पोखराको बुद्धचोक शाखा कार्यालयको उद्धघाटन नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले गरेका छन् ।

विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

Share News