काठमाडाैं । धर्म प्रचार गर्ने भित्री उदेश्यका साथ एक अन्तराष्ट्रिय गैर सरकारी संस्था (अार्इएनजीअाे) ले अायाेजना गर्न लागेकाे सम्मेलनमा नेपाल सरकार सहअायाेजक भएकाे भन्दै नेपाली काँग्रेसले खेद व्यक्त गरेकाे छ । काँग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले शनिबार विशेष प्रेस मिट अायाेजना गर्दै अार्इएनजीअाेले अायाेजना गरेकाे सम्मेलनमा सरकार सहअायाेजक भएकाे, नेपाल सरकार र संसद्काे लाेगाे अपमानजनक रूपमा प्रयाेग गरेकाे अापत्ति जनाए ।
‘अार्इएनजीअाे अायाेजक छ । सरकार सहअायाेजक छ । संसारमा कही पनि यस्ताे हुँदैन । दुर्इ तिहार बहुमत भएकाे सरकारले अाफ्नाे हैसियत विर्सेकाे देखियाे’ शर्माले भने-‘निमन्त्रणा कार्डमा अाइएनजीअाेकाे लाेगाे माथि राखिएकाे छ । नेपाल सरकार र संसद्काे लाेगाे तल राखिएकाे छ । संवेदनशिल विषयमा सरकार गैरजिम्मेवार भएकाे देखियाे । लाेगाेकाे अपमान गरिएकाे छ । यस्ताे कार्यका नेपाली काँग्रेस घाेर विराेध गर्दछ, खेद व्यक्त गर्दछ ।’
एशिया प्यासिफिक समित २०१८ नेपाल नाम दिएकाे उक्त सम्मेलनकाे उदेश्य ‘एड्रेसिङ क्रिटिकल च्यालेन्स् अफ अावर टाइमः इन्डिपेन्डन्स, म्यूचल प्रस्पेरिटी एण्ड यूनिभर्सल भ्यालु’ भनिएकाे छ । ‘तर यसकाे उदेश्य धर्म प्रचार हाे भन्ने जानकारी हामीले पाएकाे छाै’ शर्माले भने-‘पत्रकार साथीहरूले पनि खाेजी गर्ने र बास्तविकता सार्वजनिक गर्ने बेला भएकाे छ ।’
उक्त सम्मेलन मंसिर १५ र १६ गते ह्यात रिजेन्सी हाेटलमा हुँदैछ । कार्यक्रममा अथितिहरूलार्इ पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निमन्त्रणा कार्ड बाँडेका छन् ।