एनआईसी एशिया बैंकद्धारा कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

<p>काठमाडाैं । तेह्रथुमको म्याग्लुङ्ग बजारमा नेपाल बैंकर्सको आयोजना तथा एनआईसी एशिया बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैंकले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरको प्रमुख आथित्यतामा वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे । वासलात आकार २१० अर्ब बढी रहेको बैंकले प्रदान गर्ने कर्जा सम्पूर्ण नेपाली नागरिकले सहज रुपमा प्राप्त [&hellip;]</p>

काठमाडाैं । तेह्रथुमको म्याग्लुङ्ग बजारमा नेपाल बैंकर्सको आयोजना तथा एनआईसी एशिया बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैंकले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरको प्रमुख आथित्यतामा वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे ।

वासलात आकार २१० अर्ब बढी रहेको बैंकले प्रदान गर्ने कर्जा सम्पूर्ण नेपाली नागरिकले सहज रुपमा प्राप्त गर्न राष्ट्रको उत्पादकत्व अभिवृद्धि गरीबीका रेखामुनीको जीवन स्तर उकास्ने उद्देश्यले उक्त कार्यक्रम संचालनमा ल्याइएको हो ।

२०७५/०७६ को बजेट विनियोजन पछि शिक्षित युवा स्वरोजगार भन्ने अभियानका साथ कृषि, पशुपालन एवंम आवास निर्माणका विषयलाई लिएर बैंकले म्याग्लुङ्ग तीन जना ग्राहकलाई व्यवसायिक कृषि परियोजना अन्तर्गत सहुलियत कर्जा प्रदान गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी शिवाकोटीले ग्रामिण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता एवंम सहुलियत कर्जाको बारे जानकारी गराएका छन् । नेपाल बैंकर्सका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गगाना उक्त कार्यक्रममा बोल्दै नेपाल सरकारले यस्तो विषयमा चासो दिएमा बैंकिङ्ग क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने जनाएका छन् ।

 

Share News