नलगाडको सहायक पहुँच मार्गको स्तरोन्नति शुरु, दुई वर्षभित्र गोल्ड्न गुड कन्ट्रक्सनले सम्पन्न गर्ने तयारी

<p>काठमाडौं । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि बनाइएको सडकको स्तरोन्नति कार्य शुरु भएको छ । बिहीबारदेखि जिरो प्वाइन्ट कालिमाटीबाट सडक स्तरोन्नति कार्य शुरु भएको हो । करीब नौ किलोमिटर लम्बाइ रहेको सो सडकको एक वर्षअघि ट्र्याक खोलिएको थियो । स्तरोन्नतिको काम दुई वर्षभित्र गोल्ड्न गुड कन्ट्रक्सन बाह्र करोड रकममा स्तरोन्नति काम सम्पन्न हुने सांसद गणेसप्रसाद [&hellip;]</p>

काठमाडौं । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि बनाइएको सडकको स्तरोन्नति कार्य शुरु भएको छ । बिहीबारदेखि जिरो प्वाइन्ट कालिमाटीबाट सडक स्तरोन्नति कार्य शुरु भएको हो ।
करीब नौ किलोमिटर लम्बाइ रहेको सो सडकको एक वर्षअघि ट्र्याक खोलिएको थियो । स्तरोन्नतिको काम दुई वर्षभित्र गोल्ड्न गुड कन्ट्रक्सन बाह्र करोड रकममा स्तरोन्नति काम सम्पन्न हुने सांसद गणेसप्रसाद सिंहले बताएका छन् ।

आयोजना निर्माणका लागि सामग्री ढुवानी र स्थानीय आवतजावत लगायतका कामका लागि कालिमाटीदेखि ओरारीसम्मको सडकको स्तरोन्नति हुन लागेको छ ।

आयोजना निर्माण स्थलमा जाने कालिमाटीदेखि अँधेरी खोलासम्मको करीब ११ किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीले अहिलेसम्म छ किमी पनि निर्माण हुन नसकेको बताएका छन् ।
सडक निर्माण कार्य ढिला हुँदा यहाँका स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र जुम्ला जाने यात्रुले सास्ती भोग्दै आएका छन् । सडक निर्माण कार्य पूरा भएपछि दैनिक काम, कारवाही सहज हुने नलगाड कालिमाटीका शिक्षक दिनेश ओलीको भनाई रहेको छ ।

बारेकोट गाउँपालिकामा टेलिफोन टावरका सामग्रीदेखि खाद्यान्न ढुवानीसमेत अवरुद्ध हुँदै आएकामा सडकको स्तरोन्नतिको काम छिटो भएमा सहज हुने ओलीले जानकारी दिएका छन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम जारी रहेको छ । रासस

Share News