भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको घर चोरी

<p>काठमाडौं । भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८, नौडोल, चख्खु हाइटमा अवस्थित घर तोड फोड गरी चोरी भएको छ । मंसिर ४ गते मंगरवारका दिन दिँउसोको समयमा उनको घर चोरी भएको हो । उपप्रमुख जोशीको घरको ढोका तथा घर भित्रका भित्री ढोकाहरु तोड फोड गरिएको छ । साथै, [&hellip;]</p>

काठमाडौं । भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८, नौडोल, चख्खु हाइटमा अवस्थित घर तोड फोड गरी चोरी भएको छ । मंसिर ४ गते मंगरवारका दिन दिँउसोको समयमा उनको घर चोरी भएको हो ।

उपप्रमुख जोशीको घरको ढोका तथा घर भित्रका भित्री ढोकाहरु तोड फोड गरिएको छ । साथै, दराजहरु तोडफोड गरी नगद तथा जिन्सी सामानहरुको चोरी भएको मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिएका छन् । जोशीको घरमा भएको वहुमूल्य गरगहना र नगद रहेको सेफ समेत चोरी भएको उनले बताए ।

उक्त घट्नाप्रति उपत्यकाका १८ वटै नगरपालिकाका नगर प्रमुख तथा उप प्रमुखहरु घोर भत्र्सना गरेका छन् । उपत्यका भित्रैका निर्वाचित स्थानीय सरकारका नगर प्रमुख तथा उप प्रमुखको घरहरु तोडफोड हुनुका साथै दिन दहाडै चोरी समेत भएको घटनाले समग्र उपत्यका भित्रको सुरक्षा व्यवस्था तथा आम नागरिकको सुरक्षा माथि समेत प्रश्न चिन्ह खडा भएको उत्पत्यका नगरपालिका फोरमले जनाएको छ ।

जोशीको घर तोड फोड तथा चोरीमा संलग्न अपराधिहरुलाई यथासक्य चाडो पक्राउ गरी सार्वजनीकरण गर्न र उनको चोरी भएको नगद तथा गरगहना एबम् घरमा पुर्याएको क्षतिको परिपूरण गर्ने ब्यवस्था मिलाउनका साथै आगामी दिनमा यस्ता घटना नदोहरिने प्रवन्ध र सुरक्षा प्रत्याभूतिका लागि जिल्ला स्थित सुरक्षा निकाय, प्रदेश सरकार र संघीय सरकार समक्ष फोरमले माग गरेको छ ।

Share News