मागेजति घुस दिन असक्षम जनाउँदै बीर अस्पतालका डाक्टरले दिए राजीनामा

<p>काठमाडौं । चाकडी र मागे जति घुस रकम पुर्याउन नसकेको जनाउँदै वीर अस्पतालका एक जना चिकित्सकले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव समक्ष राजीनामा दिएका छन् । वीर अस्पतालको न्यूरो सर्जरी यूनिटका प्रमुख प्रा.डा धुर्बराज अधिकारीले मन्त्री यादवलाई खुला पत्र लेख्दै राजीनामा दिएका हुन् । ‘मागे अनुसार घुस दिन असक्षम भएकोले राजीनामा दिनु परेको’ उनले [&hellip;]</p>

प्रा.डा धुर्बराज अधिकारी

काठमाडौं । चाकडी र मागे जति घुस रकम पुर्याउन नसकेको जनाउँदै वीर अस्पतालका एक जना चिकित्सकले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव समक्ष राजीनामा दिएका छन् ।

वीर अस्पतालको न्यूरो सर्जरी यूनिटका प्रमुख प्रा.डा धुर्बराज अधिकारीले मन्त्री यादवलाई खुला पत्र लेख्दै राजीनामा दिएका हुन् ।

‘मागे अनुसार घुस दिन असक्षम भएकोले राजीनामा दिनु परेको’ उनले जनाएका छन् ।

खाली पदमा आफूलाई पोष्टिङ गर्न अस्पतालले मन्त्रालयलाई पटक पटक पत्राचार गरेको, आफूले पनि अथक प्रयास गरेको उनले जनाएका छन् ।

उक्त पदका लागि अरु कोही पनि उम्मेदवार नभएको अवस्थामा पनि आफूलाई पोष्टिङ नगरिएको डा अधिकारीको भनाई छ ।

उनले विगत एक वर्षदेखि तलब विना नै न्यूरो सर्जरीमा काम गर्दै आएको समेत उल्लेख गरेका छन् ।
उनले मन्त्री यादवलाई लेखेको पत्र सामाजिक सञ्जालमा फैलिएको छ ।

Share News