एभरेष्ट बैंक २५ अाैं वार्षिकउत्सव मनाउँदै, साढे नौं लाख भन्दा बढि ग्राहक

<p>काठमाडौं । एभरेष्ट बैंकले २५ बर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाउने भएको छ । वार्षिकउत्सवकाे सन्दर्भमा बैंकले कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ । ९ लाख ५०हजार भन्दा बढि ग्राहक रहेको एभरेष्ट बैंकमा क्यामल्स रेटिङ्गमा नेपाल बैंकहरु मध्य दास्रो स्थानमा रहन सफल भएको छ । यस बैकको ८६ साखा, ३ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले २५ बर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाउने भएको छ ।
वार्षिकउत्सवकाे सन्दर्भमा
बैंकले कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ । ९ लाख ५०हजार भन्दा बढि ग्राहक रहेको एभरेष्ट बैंकमा क्यामल्स रेटिङ्गमा नेपाल बैंकहरु मध्य दास्रो स्थानमा रहन सफल भएको छ ।

यस बैकको ८६ साखा, ३ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । कार्यक्रममा, कर्मचारीहरु बीच प्रतिस्पर्धा तीन विभिन्न श्रेणिमा आयोजित गरिएका अर्थात गायन, नृत्य पनि प्रस्तुत गरिएको थियो ।

प्रसिद्ध कलाकार मिथिला शर्मा र देशका प्रसिद्ध गायिक कुन्ति मुक्तानको उपस्थिति भएका छन् । कार्यक्रममा बैंकको सीईओ श्री सोमेश्वर सेठले विजेता र कार्यक्रमका सहभागीहरूलाई ट्राफी प्रदान गरिएको छ ।

Share News