उपत्यकाको बस बिसाैनीहरूमा सार्वजनिक शौचालय बनाइने

<p>काठमाडौं । राजधानीका बस विसाैनिहरूमा सार्वजनिक शाैचालय बन्न भएका छन् । काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीले सार्वजनिक शाैचालय बनाउन एक साताभित्र टेण्डर अाह्रवान गरिने भएकाे छ । कार्कीका अनुसार महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरेकाे छ । “बयालीस बस बिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध भएको छ,” उनले भने । उपलब्ध गराएका स्थानमा [&hellip;]</p>

काठमाडौं । राजधानीका बस विसाैनिहरूमा सार्वजनिक शाैचालय बन्न भएका छन् । काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीले सार्वजनिक शाैचालय बनाउन एक साताभित्र टेण्डर अाह्रवान गरिने भएकाे छ ।

कार्कीका अनुसार महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरेकाे छ । “बयालीस बस बिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध भएको छ,” उनले भने ।

उपलब्ध गराएका स्थानमा एक हप्ताभित्र बोलपत्र आह्वान गरी शौचालय निर्माण थाल्ने उनले बताए । हाल काठमाडौँ उपत्यकामा १३ स्थानमा मात्र सार्वजनिक शौचालय छ ।

नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गर्दा कार्कीले साे जानकारी दिएका हुन् । संघले कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो ।

सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदुरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको छ । सङ्घका महासचिव नुरनाथ पन्तले देशभर यातायात श्रमिकका लागि शौचालयको समस्या रहेको बताए ।

Share News