काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुपाल्चोकको शाखा विस्तार कार्य अन्तर्गत काभ्रेपलाञ्चोकको तिनपिप्लेमा नयाँ शाखा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन संस्थाका संचालक समिति सदस्य दुर्गाप्रसाद मल्लको सभापतित्व तथा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा भएको छ ।
त्यसैगरी, संस्थाले सोहि दिन काभ्रेपलाञ्चोक जिल्ला भुम्लुटार गाँउपालिका वर्डा नं ८ मा शाखा स्थापना गरी वित्तीय कारोबार संचालन गरेको छ ।