
काठमाडौँ । कनम्याकले नेपालमा नै पहिलो पटक निर्माण उपकरणहरुको बृहत प्रदर्शनी गर्न लागेकाे छ । कम्पनीले उक्त प्रदशनी मंसिर ६ गतेदेखी ८ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा गर्ने भएको छ ।
भारतीय उद्योग परिसंघले आयोजना गरेकाे प्रदर्शनीमा हेबी इक्विप्मेन्टका उपकरणहरु प्रदर्शनीमा राखिने आयोजकले बताएका छन् ।

आयोजक विष्णुकुमार अग्रवालले भने, ‘नेपालमा हेबी इक्विप्मेन्टका सामानहरु पहिलो पटक एकै ठाँउमा प्रदर्शनीमा राख्न लागेका छौ ।’ साथै, एकै ठाँउमा सबै हेबी इक्विप्मेन्ट उपकरण उपलब्धताले नेपालको विकासमा ठुलो सहयोग पुग्ने उनले बताएका छन् ।

प्रदर्शनीमा अनुमानित ६ हजार व्यावसायिक अवलोकनकर्ताहरु आउने कनम्याकले जनाएकाे छ । प्रदर्शनीमा १५० अतिरिक्त प्रदर्शक रहने छन् । प्रदर्शनीको प्रायोजकमा हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मेन्ट भारत, जेसीबी, केवाइबी कनम्याट र पुज्जाेलाना रहेका छन् ।