काठमाडौं । सहयोगी विकास बैंकले महिन्द्रा ब्रान्डको तीन चक्के सवारी साधनमा लगानी गर्ने भएको छ । जनकपुरमा रहेको अशोक ट्रेर्डस र माहा गणपति अटो सेल्स प्रा.लि सँग उक्त विषयमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा बैंकका कार्यकारी अधिकृत विनय रिजाल, अशोक ट्रेर्डसका प्रोपाइटर आशिष शाह र माहा गणपति अटो सेल्स प्रा.लि संचालक दिपेन्द्र कुमार दासको तर्फबाट हस्ताक्षर भएको छ ।
उक्त सम्झौतानुसार अशोक ट्रेर्डसका प्रोपाइटर आशिष शाह र माहा गणपति अटो सेल्स प्रा.लि. बिक्री गरिरे तीन चक्के सवारीमा सिफारिस अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्न भएको छ ।