काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सभापोखरी गाँउपालिकामा शाखा कार्यालय सभापोखरीको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६५ पुगेको छ ।
उक्त शाखाको उद्घाटन बैंकका संचालक गजेन्द्र बिष्टले गरेका हुन् । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लाने प्रतिवद्धता जनाएको छ ।