नुवाकोटमा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण, ल्याण्डफिलको काम सुरु गर्दै

<p>काठमाडौँ । दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले बताएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो । अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान सिसडोलबाट दुई किलोमिटर [&hellip;]</p>

काठमाडौँ । दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले बताएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको

सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो ।

अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान सिसडोलबाट दुई किलोमिटर पर बञ्चरेडाँडामा रहेको छ । उक्त केन्द्र निर्माणका लागि अहिले बाटो विस्तारको काम भइरहेको छ । काठमाडौँ उपत्यकाको १८ वटा स्थानीय तहको फोहर उक्त स्थानमा दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर लगिने गरिएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने गरेको छ । हाल महानगरमा फोहरमैला व्यवस्थापनमा एक हजार ६ जना कर्मचारीले काम गरिरहेका छन् । रासस

Share News