कपाल बेच्छन् नेपाली, कसले किन्छ ५० हजारमा एक किलो कपाल ?

<p>काठमाडौँ । हामीले पैसा तिरेर फालेको कपाल ठूला र विकसित मुलुकमा निर्यात हुन्छ भन्ने सुन्दा अनौठो लाग्छ । तर, नेपालबाट भारत, चीन, दक्षिण कोरियामात्रै नभई अमेरिका र युरोपसम्म कपाल निकासी हुने गरेको छ । त्यो पनि वैधानिक रूपले । जति लामो कपाल भयो, उति बढी मूल्य पाइन्छ । गत आर्थिक वर्षमा नेपालबाट ४ हजार ७४३ [&hellip;]</p>

काठमाडौँ । हामीले पैसा तिरेर फालेको कपाल ठूला र विकसित मुलुकमा निर्यात हुन्छ भन्ने सुन्दा अनौठो लाग्छ । तर, नेपालबाट भारत, चीन, दक्षिण कोरियामात्रै नभई अमेरिका र युरोपसम्म कपाल निकासी हुने गरेको छ । त्यो पनि वैधानिक रूपले । जति लामो कपाल भयो, उति बढी मूल्य पाइन्छ ।

गत आर्थिक वर्षमा नेपालबाट ४ हजार ७४३ केजी कपाल १६ करोड ५० लाख ९४ हजार ६६० रुपैयाँमा निर्यात भएको व्यापार तथा निकासी प्रवद्धन केन्द्रको तथ्याङकमा छ ।

तथ्यांकअनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा ८ करोड ५७ लाख ३ हजार ९८३ रुपैयाँको २ हजार १५४ केजी कपाल निर्यात भएको छ । जापानमा ३ करोड ३६ लाख १५ हजार १०८ रुपैँयाको १ हजार १०६ केजी कपाल निर्यात भएको छ । चीनमा २ करोड ५७ लाख ६१ हजार ६८० रुपैँयाको ५२१ केजी कपाल निर्यात भएको छ ।

नेदरल्यान्डमा १ करोड ७३ लाख ८० हजार ९०४ रुपैँयाको ८५६ केजी कपाल निर्यात भएको छ । ताइवन चीनमा १३ लाख ६७ हजार १५५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको छ । बेल्जियममा ५लाख ७५ हजार ४६१ रुपैँयाको ५२ केजी कपाल निर्यात भएको छ । बेलायतमा ३ लाख ७९ हजार ८८५ रुपैँयाको ३८ केजी कपाल निर्यात भएको छ । स्वीजरल्याडमा ३ लाख १० हजार ४८५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको छ ।

Share News