काठमाडौ । दुर्इ सातापछि बसेकाे मन्त्रिपरिषद्को बैठकले दीर्घकालिन महत्वकाे निर्णयहरू गरेकाे छ तर ती सबै निर्णयहरू गाेप्य राखिएका छन् ।
अाइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा धेरै विषयमा छलफल भई महत्वपूर्ण निर्णयहरु गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताएका छन् । ती निर्णय उनले सार्वजनिक गर्न चाहेनन् ।
‘अाजकाे बैठकमा केही महत्वपूर्ण निर्णयहरू भएका छन्, केही नयाँ प्रबन्धसहित उचित समयमा सार्वजनिक गरिन्छ’ उनले भने-‘तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।’
मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा आज विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।