अल्बानी मधेशी समाजद्वारा न्युयोर्कमा छठपर्व

<p>काठमाडौं। लोक आस्थाको महापर्व छठको हिन्दूधर्ममा छुटै महत्व छ। यो पर्वलाइ परदेशमा पनि रही आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र महापर्व छठ लगायत मधेशी संस्कृतिलाइ विश्व सामू चिनाउन अल्बानी मधेशी समाज, न्युयोर्क अमेरिकाका मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दूमन्दिरको पोखरीमा यो पर्वको आयोजना गर्न अग्रसर भएका छन। यसैक्रममा ११ नोवेम्बेरको नहायखायबाट शुरुहुने पर्व [&hellip;]</p>

काठमाडौं। लोक आस्थाको महापर्व छठको हिन्दूधर्ममा छुटै महत्व छ। यो पर्वलाइ परदेशमा पनि रही आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र महापर्व छठ लगायत मधेशी संस्कृतिलाइ विश्व सामू चिनाउन अल्बानी मधेशी समाज, न्युयोर्क अमेरिकाका मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दूमन्दिरको पोखरीमा यो पर्वको आयोजना गर्न अग्रसर भएका छन।

यसैक्रममा ११ नोवेम्बेरको नहायखायबाट शुरुहुने पर्व ४ दिनसम्म चल्ने र १३ नोवेम्बेरको साँझको अस्ताउदो सुर्यलाई र १४ नोवेम्बेरको बिहान उदाउदो सुर्यलाई अर्घ्यदिएर सम्पन्न गर्ने कार्यक्रम रहेको छ। न्यूयोर्क महानगर, बोस्टन, कनेटिकट र रेड़ेअइलैण्डका मधेशी समुदाय लगायत विश्वभारीका छठपर्वमा आस्था राख्ने सम्पूर्ण दाजुभाई दिदीबहिनीको बाक्लो उपस्तिथी रहने अल्बानी मधेशी समाज, न्युयोर्क तथा छठपर्वका संजोयक प्रशान्त ९ प्रिन्स ० साहले जानकारी गराएका छन।

तीन दशकदेखि अल्बानीमा बसोबास गर्दै आउनुभएका समाजसेवी साह विभिन्न कार्यक्रममार्फत मधेशी सँस्कृतिलाई विश्वसामु चिनाउन अग्रसर छन्।

 

Share News