
मकवानपुर । मकवानपुरकाे भीमफेदीदेखि सिमभञ्ज्याङसम्म केबुलकार बनाउने याेजना बनेकाे छ । भीमफेदी गाँउपालिकाको वडा नम्बर ४ को पान्द्रागदेखि वडा नम्बर ९ को सिमभञ्ज्याङसम्म ३.५ किलोमिटर लामो केबुलकार बनाउने तयारी भएकाे हाे ।
थाहा नगरपालिकाका मेयर लवशेर विष्टका अनुसार केबुलकार निर्माणका लागि थाहा नगरपालिका, फीमफेदी गाँउपालीका, प्रदेश सरकार र निजी लगानीमा केबुलकार निर्माण गर्न लागिएकाे हाे । केबुलकारको निर्माणले सो क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने उनकाे भनार्इ छ ।
भरतीय पर्यटकहरुका लागि यो केबुलकार बढी उपयोग हुने फीमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाकाे भनार्इ छ । ४५ डिगी तापक्रमकाे गर्मी क्षेत्र पटना, युपी र विहारका पर्यटकहरु ५/६ घन्टाको यात्रापछि १५ डिगीको वातावारणमा आएर आनन्द लिन सक्ने उनकाे भनार्इ छ ।
सिमभञ्ज्याङसम्म वर्षभरी नै चिसाे माैसम हुने क्षेत्र हाे । जाडाे माैसमकाे बेला यस क्षेत्रमा बारम्मार हिँउ वर्षा हुने गरेकाे छ ।