ललितपुरको वातावरण सुधार समितिलाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

<p>काठमाडौं । सिद्धार्थ बैंकले ललितपुरको वातावरण सुधार समितिलाई वृक्षारोपण कार्यका लागि २ लाख ७५ हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । सातदोबाटो–गोदावरी सडकको छेउछाउमा लगभग ५० बिरुवा रोपी उक्त क्षेत्रको वरिपरि हरियाली ल्याउन र पर्यावरण व्यवस्थित बनाउनको लागि यो अभियानलाई समर्थन गर्दै बैंकले वित्तीय सहायता प्रदान गरेको हो । एक कार्यक्रममा बैंकका निर्देशक विरेन्द्रकुमार शाहले [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले ललितपुरको वातावरण सुधार समितिलाई वृक्षारोपण कार्यका लागि २ लाख ७५ हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । सातदोबाटो–गोदावरी सडकको छेउछाउमा लगभग ५० बिरुवा रोपी उक्त क्षेत्रको वरिपरि हरियाली ल्याउन र पर्यावरण व्यवस्थित बनाउनको लागि यो अभियानलाई समर्थन गर्दै बैंकले वित्तीय सहायता प्रदान गरेको हो ।

एक कार्यक्रममा बैंकका निर्देशक विरेन्द्रकुमार शाहले वतावरण सुधार समिति ललितपुरलाई चेक हस्तान्तरण गरेका हुन् । बैंकको वित्तीय सहयोगले ललितपुर महानगरपालिको स्थानीय क्षेत्रहरुमा हरियाली र सुन्दरता बढ्नका साथसाथै प्रदुषण कम भई वातावरण सुरक्षित हुन सहयोग पुग्ने शाहले बताएका छन् ।

Share News