काठमाडौं। विश्व को सबैभन्दा सस्तो, सरल र प्रभावकारी भिसा भनेर बुझिने डिभी अहिले खुलिरहेको छ । नेपाली समयअनुसार असोज १८ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कार्तिक २२ मा नेपाल समयअनुसार १०:४५ बजे बन्द हुनेछ । बारम्बार साइटमा समस्या हुने हुनाले अन्तिममा भन्दा अगाडि नै भर्नु उत्तम हुन्छ ।
EDV भर्नुअघि ध्यान दिनुपर्ने कुराहरु
क) जन्ममितिलार्इ अंग्रेजी सम्वत्मा रूपान्तरण गर्नुहोस् ।
ख) फोटो तयार गर्ने
– पछाडि सादा हुनैपर्ने ।
– दुई कान देखिने गरी सिधा क्यामरामा सिधा हेरेको हुनुपर्ने ।
– बाहिरी साइज २” *२” पिक्सेल हुनुपर्ने ।
– फोटो फाट्न नहुने ।
– अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।
ग) इमेल ठेगाना आफ्नै हुनुपर्ने ।
ङ) शैक्षिक याेग्यता र सरकारी कागजपत्रमा उल्लेख भए बमोजिमको विवरण फाराममा भर्ने ।
च) देशको नाममा ‘नेपाल’ हुनैपर्ने ।
छ) पारिवारिक सदस्य कोही पनि छुटाउन नहुने ।
ज) प्लस २ पास हुनेले मात्रै भर्नुहोला ।
झ) दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
अनलाईन भर्दैगर्दा
१, प्रत्यक्ष आफैँले अनलाइन फर्म हेर्नुहोला ।
२, फोटो सम्बन्धित व्यतिको हुनैपर्ने ।
३, भरेको विवरण साथै कन्फर्मेसन लेटर प्रिन्ट गरी सुरक्षित राख्नुपर्छ ।
रिजल्ट – डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने । त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर पेस गर्नुहोस् ।