
काठमाडौं । क्याफे कफी डेले नेपालको दरबारमार्गमा शाखा विस्तार गरेको छ । अष्ट्रीया, चेक रिपब्लिक, मलेशिया, इजिप्ट लगायतका देशमा शाखा स्थापना गरेको कफीडेले नेपालमा पनि आफ्नो शाखा विस्तर गरिरहेको छ । नायिका स्वस्तिमा खड्काले क्याफेको औपचारीक उद्घाटन गरेकी थिइन् ।
नेपालमा ब्राड क्याफे कफी डेका मास्टर फैंचाइजी र स्तव्य हस्पिटालिटीका निर्देशक रवि तिब्बरालाले भने, “ हामीले दरबारमार्गमा एउटा नयाँ आउटलेट लन्च गरेकोमा एकदमै खुसी छौँ ।”
उक्त नयाँ आउटलेटमा दुईवटा फ्लोरमा विभाजित गरिएको र पहिलो तल्लामा ४० जना बस्ने क्षमता छ भने दोश्रो तल्लामा ३० जनाको क्षमतारहेको क्याफेले जानकारी दिएको छ ।
सीसीडी नामले प्रख्यात क्याफेकफी डेले आफ्नो कफीको उत्पादन आफ्नै बगानको स्रोतबाट गर्दछ । कफी डेले युरोप र जापान सहित सम्पूर्ण युरोपमा पनि यसको उपस्थिति जनाएको छ, जसले गर्दा यो भारतको शीर्ष कफी निर्यातको रुपमा चिनाएको छ सिसिडीले दाबी गरेको छ ।