उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणा कतारमा, नेपालमा लगानी गर्न आग्रह

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्न कतारका व्यवसायीलाई आग्रह गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै कतार पुगेकी महासंघकी अध्यक्ष राणाले सन् २०२० को नेपाल भ्रमण वर्षसंगै नेपालसँगै धेरै पूर्वाधारमा लगानीको अवसर रहेको जानकारी गराएकी थिइन् । सो अवसरमा उनले नेपाली कृषि [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्न कतारका व्यवसायीलाई आग्रह गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै कतार पुगेकी महासंघकी अध्यक्ष राणाले सन् २०२० को नेपाल भ्रमण वर्षसंगै नेपालसँगै धेरै पूर्वाधारमा लगानीको अवसर रहेको जानकारी गराएकी थिइन् ।

सो अवसरमा उनले नेपाली कृषि उपजलाई सहज र सिधा पहुँच दिन माग गरेकी छन् । नेपाली कृषि उपज नेपालबाट सिधै कतारको बजारमा प्रवेश दिन उनले जोड दिएकी थिइन् ।

नेपालको उत्पादन र निर्माण क्षेत्रमा लाभदायी लगानी हुने र त्यसको उदाहरण अहिले सफल भईरहेका कम्पनीबाट लिन सकिने उनको धारणा थियो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नीतिगत सुधारहरु भईरहेको उनको भनाई थियो।

Share News