काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘दशैंमा २० लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषित गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्रबहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका छन् ।
उक्त योजना अन्तर्गत सेवाग्राही मल्लले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय पानी पोखरीमा एक कार्यक्रम गरी सो योजनाको विजेता घोषणा गरेको हो ।
यो योजना आगामी मङ्गसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भएका छन् ।