सानिमा जनरल इन्स्योरेन्स वीरगंजमा, यही वर्ष २० वटा शाखा खोल्ने तयारी

<p>काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले वीरगंजमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक खेमराज लामिछानेले गरेका हुन् । यस कम्पनीले आर्थिक वर्ष २०७५/०७६ सम्ममा नेपालभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ । देशका सफल उद्योगि व्यवसायीहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको छ । कम्पनीको अधिकृत पूँजी [&hellip;]</p>

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले वीरगंजमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक खेमराज लामिछानेले गरेका हुन् ।

यस कम्पनीले आर्थिक वर्ष २०७५/०७६ सम्ममा नेपालभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ । देशका सफल उद्योगि व्यवसायीहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पूँजी १ अर्ब रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक बर्ष भित्र ३० करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता १ अर्ब रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।

Share News