भारतमा पेट्रोलियमको भाउ घट्यो, नेपालमा कहिले ?

<p>एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । भारतका आयल मार्केटिङ कम्पनीहरुले मंगलबार पेट्रोलियम पदार्थको भाउ घटाएका हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा कमी आएपछि पेट्रोलियमको भाउमा कमी आएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । भारतका राज्यहरुमा पेट्रोलियम पदार्थको भाउ २१ पैसासम्म कमी आएको छ । राजधानी नयाँदिल्लीमा पेट्रोल लिटरको ७९.५५, डिजेलको भाउ ७३.७८ [&hellip;]</p>

एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । भारतका आयल मार्केटिङ कम्पनीहरुले मंगलबार पेट्रोलियम पदार्थको भाउ घटाएका हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा कमी आएपछि पेट्रोलियमको भाउमा कमी आएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
भारतका राज्यहरुमा पेट्रोलियम पदार्थको भाउ २१ पैसासम्म कमी आएको छ । राजधानी नयाँदिल्लीमा पेट्रोल लिटरको ७९.५५, डिजेलको भाउ ७३.७८ भारु पुगेको छ । यस्तै वित्तीय राजधानी मुम्बईमा पेट्रोल लिटरको ८५ र डिजेल ७७.३२ पैसामा बिक्री भइरहेको छ । यस्तै कोलकतामा पेट्रोल लिटरको ८१.३ र डिजेल ७५.६३ भारुमा किनबेच भएको छ ।

नेपालमा पनि तिहारसम्म पेट्रोलिमको भाउ नबढ्ने भएको छ । उद्योगमन्त्री मातृका यादवले तिहारसम्म भाउ नबढाउन नेपाल आयल निगम लिमिटेडलाई निर्देशन दिएका छन् । भारतमा भाउ घटेपछि यसको असर नेपालमा पनि पर्नेछ । तिहारपछि निगमले के गर्ला ? मासिक २ अर्ब रुपैयाँ बढी नोक्सान भएको निगमले दावी गरेको छ ।

Share News