घुस लिएको अभियोगमा अख्तियारले विशेष अदालतमा दायर गर्यो आरोपपत्र

<p>काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल–भारत सीमा बजारबाट भन्सार छली ल्याइएका सामान लैजान सहज बनाइदिने बहानामा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोग उनीमाथि लागेको छ । बिगोबमोजिम जरीवाना असुल र कैद सजायको माग गर्दै मुद्दा [&hellip;]</p>

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल–भारत सीमा बजारबाट भन्सार छली ल्याइएका सामान लैजान सहज बनाइदिने बहानामा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोग उनीमाथि लागेको छ । बिगोबमोजिम जरीवाना असुल र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। रासस

Share News