चितवन। नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारणसभा आउँदो मंसिर १५ गतेदेखी हुने भएको छ । शनिवार बसेको कार्यसमिति बैठकले साधारणसभा गर्ने मिति तय सहित विभिन्न निर्णयहरु समेत गरेको छ ।
शनिवारको बैठकले साधारणसभा सम्पन्न गर्नका लागी विभिन्न ६ उपसमिति समेत तय गरेको छ । उपसमिति संयोजकहरुमा जनक अर्याल, हरि पोख्रेल, शान्ता अधिकारी, तीर्थ नेपाल , प्रकाशमणी ज्ञवाली र प्रविण दत्त रहेका छन् । २ महिनाको अन्तरालमा बसेको बैठकले भवनको माथिल्लो तला निमार्ण गरि सभाहल बनाउने कार्यलाई तिव्रता दिने समेत निर्णयले गरेको छ , यस्तै कार्यालय ब्यवस्थापनको लागि सचिव तीर्थ नेपालको संयोजकत्वमा कायौलय ब्यवस्थापन सम्वन्धी विधान निमार्ण गर्ने निर्णय बैठकले गरेको हो ।
पत्रकार महासंघका केन्द्रिय अध्यक्षको प्रमुख आतिथ्थततामा हुने साधारण सभामा पत्रकार महासंघ चितवनले प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरु समेत प्रदान गरिने भएको छ । चितवन जिल्लामा रहेको २ सय ३४ सदस्यहरुको हक हितको लागि आगामी दिनमा उपलब्धीमुलक तालिम संचालन गर्ने यस अधिको निर्णयलाई सम्वन्धी संयोजक मार्फत पुरा गर्ने प्रतिवद्धता समेत शनिवारको बैठकबाट पारित गरिएको अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए ।