काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको दिङ्गलामा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन षडानन्द नगरपालिकाका मेयर विरबल राईले गरेका छन् ।
यससहित बैंकको शाखा संख्या २६४ पुगेको छ । साथै, बैंकले २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
त्यस्तै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।