काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको आगामी कात्तिक १६ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।
संस्थाको आगामी छैटौँ वार्षिक साधारणसभा कात्तिक २९ गते बस्दै छ । संस्थाले पुँजी वृद्धि गर्ने उद्देश्यले प्रस्तावित बोनस सेयर पछि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।